आफ्नी श्रीमतीलाई आफ्नै भाइमार्फत बलात्कार गराउने हिंश्रक
मानव पनि हुँदा रहेछन् यो दुनियामा । भारतमा एक यस्तै कुख्यात अपराधी फेला परेका छन्
।
भारतको मुजफ्फरपूरस्थित मंसुरपुर गाउँका एक युवकले आफ्नो
नपुंशकता लुकाउनका लागि आफ्नै भाइलाई भाउजु सुम्पिएका छन् ।
आफ्नी नवविवाहिता श्रीमतीलाई गएको नोभेम्बर ७ को राति
आफ्नै भाइमार्फत बलात्कार गराएका हुन् । प्रहरीका अनुसार अक्टोबर २७ मा विवाह गरेका
ती युवक नपुंशक रहेको कुरा नवबेहुलीले थाहा पाइहालिन् । लोग्ने नपुंशक रहेको थाहा पाएर
पत्नीले घर छाडि्लन् भन्ने डरले सासु तथा अन्य महिलाले उनलाई सम्झाएका थिए र लोग्नेको
उपचार चलिरहेको र ठीकै निको हुने बताएका थिए ।
तर ती युवती आफ्नो लोग्ने नपुंशक रहेको कुरा लुकाएर राख्ने
मनसायमा थिइनन् । उनले यो कुरा आफ्नो माइतीमा पनि गरिन् ।
आफ्नो नपुंशकताको भेउ श्रीमतीले पाइसकेको र सो कुराले
आफ्नो बेइज्जत हुन थालेको ठानेर ती युवकले नोभेम्बर ७ को रातमा श्रीमतीलाई कोठामा थुने
। त्यसपछि उनीमाथि बलात्कार गर्नको लागि आफ्नो सानो भाइ र मामाको छोरालाई कोठाभित्र
पठाए । यो कुरा कसैलाई भनेमा वा चिच्याएमा मारिदिने धम्की पनि दिए ।
ती युवतीमाथि त्यस रात आफ्नै देवर र मामाको छोराले पटक
पटक बलात्कार गरे । सो कुरा एक स्थानीय महिलाले थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्
।
प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान
गरिरहेको जनाएको छ । पीडित र पीडकहरुको नाम भने खुलाइएको छैन । पुरा भिडियो हेर्न
तलको बक्समा क्लिक गर्नु होला ।
