यौन कति संवेदनशिल विॆषय हो तर हिजो आज यौन संम्पर्कलाई कति सहज रूपमा लिएको पाईन्छ चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमा १६ देखि ३५ वर्र्ष उमेरका महिला पुरुष छन ।
पक्राउ परेका मध्ये अधिकांश किशोर–किशोरी र श्रीमान विदेशमा रहेका महिलाहरु भएको प्रहरीले बताएको छ । उनीहरु सवै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले वताएको छ । चितवनका होटल तथा रेष्टुरेण्टमा बेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउंसो तथा रातको समयमा छापा मार्न सक्रियता वढाएको हो । यसैवीच पछिल्लो समय अपराधिक र वेश्यावृत्तिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलहरुमा परिचयपत्रको व्यावस्था लागु गरेको छ ।

होटल व्यावसायीहरुले सेवाग्रहीहरुको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैसग राख्नु पर्ने नियम वनाइएको छ । सो नियम उल्लंघन गर्ने व्यावसायीहरु माथि कडा कारवाही गरिने प्रहरीले जनाएको छ । होटलमा लुटपाट ,हत्या र आत्महात्याका घटनाहरु बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीहरुलाई अनुरोध गरिएको प्रहरी नायव उपरीक्षक कोइरालाले वताउनुभयो । भिडियो हेर्न तल क्लिक गर्नुहोस :